पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई शासनकर्ता नभएर सहजकर्ता बन्न सुझाव दिएका छन्।
जनताले वर्तमान सरकारलाई विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम नलिइ सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्।
‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो। शासनकर्ता होइन, सहजकर्ताको भाव राखौँ,’ अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शास्त्र भन्छ– मानव जीवात्मा पनि परमात्माकै अंश हो।’
काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा प्रधानमन्त्री शाहले मानवीय पक्षलाई ध्यान नदिएको भन्दै आलोचना भइहरँदा पूर्वगृहमन्त्री अर्यालले सरकारलाई शासक नभएर सहजकर्ता बन्न सुझाव दिएका हुन्।

765
Shares

प्रतिक्रिया