नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन्।
निर्वाचन हारेपछि सभापति थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्।
गएको फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा पराजित भएका थिए। सर्लाही ४ मा उनी रास्वपाका अमरेश सिंहसँग पराजित बनेका हुन्।
चुनावमा भएकाे पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए।
‘आज सभापति सर्लाही आउँदै हुनुहुन्छ। चुनावको परिणामपछि आज उहाँ पहिलोपटक सर्लाही आउन लाग्नु भएको हो,’ कार्कीले नेपालखबरसँग भने, ‘मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी हुन उहाँ सर्लाही आउन लाग्नु भएको हो।’
कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षा कार्यक्रमका लागि सभापति थापा गएको चैत २५ गते जनकपुर गए पनि सर्लाही नगइ काठमाडाैँ फर्किएका थिए।
पार्टी आधिकारिकताको विवाद अदालतले टुंग्याउन बाँकी रहेकाले चुनाव लगत्तै सर्लाही नगएका उनी आज सर्लाही गएका हुन्।
Shares

प्रतिक्रिया