नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता ‘इन्ट्री’ गर्न एक साताको समय दिएको छ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्ण्णप्रसाद दुलालका अनुसार नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा एक हप्ताको समय दिइएको हो।
कांग्रेसले १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता ‘डिजिटल सिस्टम’मा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने उनको भनाइ छ।
यस्तै कांग्रेसले जनसम्पर्क समितिको हकमा केन्द्रीय समितिले गरेको व्यवस्थाबमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिने भएको छ।
दुलालका अनुसार नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुका साथै अन्यको हकमा कांग्रेसको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम व्यवस्था गरिएको छ ।
विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला, क्षेत्र, केन्द्रीय प्रतिनिधि, वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सक्ने छन्।
Shares

प्रतिक्रिया