राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको एउटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ लाई बिहीबार प्रमाणीकरण गरेका हुन्। सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएको थियो।
सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाए पनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो। बाँकी विचाराधीन रहेको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ।

2.2k
Shares

प्रतिक्रिया