राजनीति


बालेनलाई ज्ञवालीको कटाक्ष: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?

बालेनलाई ज्ञवालीको कटाक्ष: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?

नेपालखबर
बैशाख १९, २०८३ शनिबार १७:३५, काठमाडौँ

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता ज्ञवालीले प्रधानमन्त्रीको नारा सुन्दर भए पनि काम गराई असंवेदनशील भएको बताए। बागमती किनारबाट विस्थापित नागरिकको आँशुले नेपाल हासिँरहेको देखिन्छ कि रोइरहेको भनेर प्रश्न गरे। 

‘प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, म नेपाल हाँसेको हेर्न चाहन्छु। कति सुन्दर छ, यो वाक्य। तर बागमतीको किनारमा बगिरहेका आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ?,’ उनले प्रश्न गरे। 

संविधानले परिकल्पना गरेको लोककल्याणकारी र समाजवादउन्मुख राज्यको लक्ष्य हाल सरकारले गरिररहेको व्यवहारसँग मेल नखाने उनको भनाइ थियो। आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हकलाई राज्यले खोस्न नहुने उनले बताए। 

विकास मानवकेन्द्रित हुनुपर्नेमा उनको जोड थियो। मानवविनाको विकासको कुनै अर्थ नहुने उनले बताए। ‘मानवकेन्द्रित हो हामीले खोजेको विकास, विकास माइनस मानव ग¥यो भने त्यो विकासको के अर्थ हुन्छ? सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्कहरू बन्लान्, कुकुरहरू डुल्लान् तर मान्छे हुनुप¥यो नि। हामीले खोजेको विकासको मोडल त त्यो होईन,’  उनले भने। 

सुकुम्वासी क्षेत्रमा रहेका अव्यवस्थित बसोवास हटाउँदा राज्यले देखाएको रवैयाप्रति उनले आपत्ति जनाए। हजारौँ सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउन सक्ने सरकारले एक हप्ता प्रमाण जाँच गरेर समाधान खोज्न किन सकेन भनेर प्रश्न गरे। 

‘थापाथलीमा अव्यवस्थित बसोवास हटाउँदाखेरि एक हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्क परियो सेना समेत त्यहाँ थियो। त्यति गर्न सक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबुल राखेर ल आउनुहोस् तपाईंको प्रमाण के छ भनेर स्क्रिनिङ गरेको भए पनि त के बिग्रिन्थ्यो?,’ ज्ञवालीले भने, ‘जे देखिँदै छ, राम्रो लक्षण देखिँदै छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad