राजनीति


नेपालमा संघीयता जरुरी होइन रहेछः एमाले नेता पोखरेल

नेपालमा संघीयता जरुरी होइन रहेछः एमाले नेता पोखरेल

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १८:४९, काठमाडौँ

नेकपा (एमाले) का नेता एवं संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले संघीयता जरुरी हो कि होइन? भन्ने प्रश्न गरेका छन्।

आइतबार नेपाल कानुन समाजले संविधान संशोधन सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त विषयमा पनि गम्भिरतापूर्वक छलफल गर्न आवश्यक रहेको जिकिर समेत गरे।

नेता पोखरेलले संघीयता जनताको सुखको साध्य नभएको पुष्टि भएको उल्लेख गर्दै यसबारे पनि विचार गरेर संविधान संशोधन गर्न उचित हुने धारणा राखे। उनले प्रदेश सभा सदस्य संख्या घटाउनुपर्ने प्रस्ताव समेत गरे। 

उनले भने, ‘पहिलो कुरा संघीयता नै जरुरी हो कि होइन? नेपाल जस्तो सानो देश संघीयता नै साध्य त होइन रहेछ। जनताको सुखको साध्य नै त संघीयता होइन। यो विषयमा पनि अव गम्भिरताका साथ छलफल गर्नं आवश्यक छ। प्रदेशको पनि सांसदको संख्या घटाउनु पर्छ। मन्त्रिपरिषद पनि घटाउनुपर्छ भन्ने कुरा आईसकेको छ।’

संघको मन्त्रिपरिषद घटाएजस्तै प्रदेश पनि घटाउनुपर्ने उनको भनाई थियो। नेता पोखरेलले न्यायाधीश नियुक्तीको विषयमा पनि गम्भीर छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताए। 

नेता पोखरेलले संवैधानिक बेञ्च आवश्यक नभएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad