राजनीति


संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १२:२४, काठमाडौँ

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नका लागि फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

यसअघि सरकारले वैशाख १४ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। तर, राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए। 

त्यसमाथि सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। बैठकले अध्यादेशलाई फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो। 

यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारले पनि यो अध्यादेश पठाएको थियो। ओली नेतृत्वको सरकारले २०८२ असार २५ मा र कार्की नेतृत्वको सरकारले २०८२ मंसिर २ मा पठाएको थियो। त्यतिवेला पनि राष्ट्रपतिले जारी गरेका थिएनन्। 

अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले उस्तै व्यवस्था भएको अध्यादेश फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो।

यो अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। अहिले संवैधानिक परिषद्का सम्पूर्ण सदस्यको बहुमतले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad