राजनीति


उपकुलपतिबाट राजीनामापछि अर्यालले भने- अब जल तथा मौसम अध्ययन अनुसन्धानमै लाग्नेछु

उपकुलपतिबाट राजीनामापछि अर्यालले भने- अब जल तथा मौसम अध्ययन अनुसन्धानमै लाग्नेछु

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १९:४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. दिपक अर्यालले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई नै निरन्तरता दिने बताएका छन्। 

प्रा.डा. अर्यालले वैशाख १७ गते त्रिविको उपकुलपतिबाट राजीनामा दिएका थिए। सोमबार सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले अबको समयमै पनि त्रिविमै अध्ययन अनुसन्धानमा जुट्ने बताएका छन्। 

‘मेरो सक्रिय प्रशासनिक जीवनको एक महत्त्वपूर्ण अध्याय सम्पन्न भएको छ,’ प्रा.डा. अर्यालले भनेका छन्, ‘अबको समय जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा अध्ययन, अध्यापन तथा अनुसन्धान कार्यलाई निरन्तरता दिने नै छु।’

नौ महिनाको छोटो अवधिमा पनि महत्त्वपूर्ण कार्य गरेको उनले स्मरण गराएका छन्। उनी २०८२ असार २३ गते उपकुलपति नियुक्त भएका थिए। 

यो अवधिमा त्रिविको सुधारका लागि काम गरेको उनले उल्लेख गरेका छन्। ‘विश्वविद्यालय प्रशासनलाई चुस्त र दुरुस्त राख्न आगामी दिनमा शैक्षिक तथा प्रशासनिक सहजताको लागि सामुदायिक क्याम्पसका शिक्षकहरूको स्तर निर्धारण, करार सेवामा रहेका शिक्षक कर्मचारीको सेवा निवृत्त हुने बेला पाउने सुविधा, एकेडेमिक अडिटिङ, विश्वविद्यालयको पुनर्संरचना, संगठनात्मक व्यवस्थापन लगायतका १० भन्दा बढी समितिहरू गठन गरि कार्य प्रारम्भ गरिएको छ,’ उनले भनेका छन्, ‘वर्षौंदेखि रोकिएको सम्बन्धन प्राप्त क्याम्पसको नविकरणलाई सहज ढंगले प्रदान गर्ने व्यवस्था मिलाउँदै थिएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad