राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ।
त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए।
राष्ट्रपति पौडेलले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मध्याह्न १२ः१५ बजे बस्नेछ।

प्रतिक्रिया