राजनीति


नीति तथा कार्यक्रमबारे कांग्रेसको टिप्पणी–कर्मकाण्डी शैलीको निरन्तरता

नीति तथा कार्यक्रमबारे कांग्रेसको टिप्पणी–कर्मकाण्डी शैलीको निरन्तरता

नेपालखबर
बैशाख २८, २०८३ सोमबार २०:२७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा कर्मकाण्डी परम्परामा जलप लगाएको जसरी नीति तथा कार्यक्रम प्रश्तुत गरिएको टिप्पणी गरे।

सांसद केसीले सरकारले नीति तथा कार्यक्रममा ‘हुनेछ’ र ‘गरिनेछ’ भन्ने शब्दहरू पढ्दा पढ्दा आफूहरू थकित भइसकेको समेत बताए।

उनले भने, ‘झण्डै दुई तिहाई बहुमतबाट आएको सरकारले मुलुकलाई नयाँ दिशा निर्देश गर्छ कि भन्ने जुन आशा आम जनतामा थियो। हामीले पनि त्यस्तो केही आउँछ कि भनेर सोचेका थियौँ। तर मैले हेर्दाखेरी कर्मकाण्डी नीति तथा कार्यक्रममा केही जलप लगाएर, रंगरोगन गरेर आएको जस्तो देखिन्छ। त्यो कति प्रभावकारी हुनेछ भन्नेकुरा बजेटपछि मात्रै थाहा हुन्छ।’

प्रतिवद्धता दोहोर्‍याउने तर कार्यान्वयनमा नगर्ने प्रवृत्ति दोहोरिए जनतामा चरम निराशा बढाउने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad