राजनीति


प्रधानमन्त्री बालेनविरुद्ध जेनजी अभियन्ता तनुजाको टिप्पणी: ‘अब लफंगा शैलीमा हिँड्ने छुट छैन’

प्रधानमन्त्री बालेनविरुद्ध जेनजी अभियन्ता तनुजाको टिप्पणी: ‘अब लफंगा शैलीमा हिँड्ने छुट छैन’

सोमबार संसद्‌ बैठकबाट उठेर हिँड्दै गर्दा प्रधानमन्त्री बालेन र जेनजी अभियन्ता तनुजा पाण्डे।


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार ११:५१, काठमाडौँ

जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा देखाएको व्यवहारविरुद्ध कडा टिप्पणी गरेकी छन्।

पाण्डेले सामाजिक सञ्जालमार्फत अब प्रधानमन्त्री शाहलाई ‘लफंगा शैली’मा हिँड्ने छुट नभएको आक्रोश व्यक्त गरेकी हुन्।

‘जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रवाफले होइन, विधि, मर्यादाले चल्छ’, तनुजाले लेखेकी छन्, ‘राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस्। अब लफंगा शैलीमा हिँड्ने छुट छैन तपाईंलाई।’

यस्तो छ तनुजाको पूरा स्टाटस

बालेन तपाईं सम्माननीय प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो?

यदि प्रधानमन्त्री बालेन्द्र हो भने जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रवाफले होइन, विधि, मर्यादाले चल्छ।

आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति (राष्ट्रप्रमुख, नेपाली सेनाको सर्वोच्च कमान्डर तथा राष्ट्रिय एकताको प्रतीक) मार्फत प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री स्वयं बैठक छोडेर हिँड्नु राष्ट्रप्रमुखप्रति, जनप्रतिनिधिप्रति, जनमतप्रति, तथा स्वयं आफ्नै पार्टी र सरकारप्रति गरिएको अपमान हो।

संसदीय मर्यादा र जनमत, राष्ट्रपति संस्था र त्यसको गरिमामाथि प्रहार गर्ने छुट कसैलाई छैन। प्रधानमन्त्रीलाई पनि।

राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस्। अब लफंगा शैलीमा हिँड्ने छुट छैन तपाईंलाई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad