संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीले सडक र पुल निर्माण कार्य अलपत्र पार्ने दुईवटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्य गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै निलगिरि निर्माण सेवा वानेश्वर र एचएम विल्डर्स प्रालि, इनरुवा सुनसरीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो।
निर्माण कार्य सन्तोषजनक नभएको र पटक-पटक सुधारको लागि आग्रह गर्दा पनि प्रगति नभएपछि ठेक्का सम्झौता नै रद्द गरिएको सूचनामा उल्लेख छ।

276
Shares

प्रतिक्रिया