नेपालको ‘ए’ टोलीले भारतको उत्तराखण्डमा हुने उत्तराखण्ड गोल्डकप खेल्ने भएको छ।
नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले उत्तराखण्ड गोल्डकप खेल्ने जानकारी दिए। ‘त्यहाँ जहिले पनि राम्रो टोलीहरू हुने गर्छन्। हाम्रो पुल साइडमा रणजी ट्रफी खेल्ने गोवा र पञ्जावका टोली छन्,’ बस्न्यातले भने, ‘उनीहरूसँग राम्रो खेल हुन्छ। त्यसपछि ए टोलीलाई क्रिकेटमा नै राखिराख्ने भन्ने तयारी भइरहेको छ। त्यसैले अन्य खेलहरु पनि खेल्छौँ होला।’
नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ खेल्न आउने टोलीसँग अभ्यास खेल खेल्दै आएको छ। भरखरै सम्पन्न अमेरिका र स्कटल्यान्डसँग दुई–दुई खेलको अभ्यास खेलमा पनि नेपाल ‘ए’ टोलीले चारै खेल जितेको थियो।
नेपाल ‘ए’ टोलीले अमेरिकालाई पहिलो खेलमा ४५ र दोस्रो खेलमा सात रनले पराजित गरेको थियो। स्कटल्यान्डलाई पहिलो खेलमा ४५ र दोस्रो खेलमा डीएल मेथडमा नौ रनले पराजित गरेको थियो।
Shares

प्रतिक्रिया