रोयल इन्फिल्डले आफ्नो नयाँ अर्बान पर्फमेन्स रोडस्टर गरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ।
दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ। गरिल्ला ४५० तीन भेरियन्ट- एपेक्स, ड्याश र फ्ल्याश तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ।
रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने, ‘१२५ वर्षको प्योर मोटरसाइकलिङ यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम हो। यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो- चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं।’

भेरियन्ट र मूल्य (एक्स-शोरुम)
तीन भेरियन्टमा यो बाइक सार्वजनिक गरिएको छ। जसअनुसार एपेक्स रेड, ब्ल्याक र ग्रिन तीन रंगमा उपलब्ध छ। यसको मूल्य ८ लाख ९९ हजार रुपैयाँ छ।
त्यसैगरी ड्यास भेरियन्ट पनि ट्वाइलाइट ब्लु, श्याडो एश, स्मोक सिल्भर र पेइक्स ब्रन्जी रंगमा ल्याइएको छ। यसको पनि मूल्य ८ लाख ९९ हजार रुपैयाँ रहेको छ। अर्को भेरियन्ट फ्ल्यास भने ब्राभा ब्लु रंगमा मात्र छ। यसको पनि मूल्य ८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
गरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड-कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ। यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिनेछ।

स्लिप क्लच इन्हान्सेज हाइस्पिड क्रुजिङ कम्फर्ट मोटरसाइकलमा ६-स्पिड गियरबक्स, असिस्ट तथा स्लिप क्लच, राइड-बाइ-वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन्।
गरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, एलईडी हेडलाइट्स, इन्टिग्रेटेड टेल ल्याम्प, अपस्वेप्ट साइलेन्सर तथा स्टेप्ड बेन्चसिट जस्ता फिचर समावेश छन्। ४३ एमएम शोवा टेलिस्कोप फ्रन्ट फर्क लिंकेजटाइप मोनोशक र १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ।

मोटरसाइकलका सबै भेरियन्टमा रोयल इनफिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा गुगल म्याप नेभिगेसन र अविच्छिन्न स्मार्टफोन कनेक्टिभिटी सुविधा समावेश गरिएको छ।
कम्पनीले एपेक्स भेरियन्टलाई थप स्पोर्टी बनाएको जनाएको छ। यसमा रोड फोकस्ड टायर, स्कल्पटेड रियर सिट काउल, कलर कोडेड फ्रन्ट काउल तथा विशेष डिजाइन एलिमेन्ट उपलब्ध छन्।

रोयल इनफिल्डले गरिल्ला ४५० का लागि विभिन्न एसेसरिज पनि उपलब्ध गराएको छ। यसमा इन्जिन गार्ड, सम्प गार्ड, अर्बान सिट, टिन्टेड फ्लाइस्क्रिन, बार एन्ड मिरर तथा सफ्ट प्यानियर्स जस्ता विकल्प छन्।
नेपालमा गरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको छ। साथै, डेलिभरी सोमबारबाट सुरु भइसकेको छ।
नेपालभरका रोयल इनफिल्डका शोरुमहरूमा गुएरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले बोर्डरलेस वारेन्टी प्रोग्राम पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत विश्वभर रहेका ३,००० भन्दा बढी सर्भिस सेन्टर मार्फत सेवा उपलब्ध हुनेछ।

























Shares

प्रतिक्रिया