प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य भएको विपक्षी दलहरूले बताएका छन्।
बुधबार दोस्रो पटक प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्मै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्ने समय दिएका थिए।
विपक्षी दलको तर्फबाट बोल्दै आङदेम्बेले प्रधानमन्त्रीको उपस्थित हुनुपर्ने जिकिर गरे। ‘प्रधानमन्त्रीको उपस्थित हुनैपर्छ,’ आङदेम्बेले भने, ‘प्रधानमन्त्रीको उपस्थित चाहिन्छ। रुलिङ गरिदिनु पर्यो।’
33
Shares

प्रतिक्रिया