राजनीति


गगनलाई प्रकाशमानको प्रश्न- विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर बस्नुपर्ने?

गगनलाई प्रकाशमानको प्रश्न- विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर बस्नुपर्ने?

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १८:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन्। 

बुधबार बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन्। नेता सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाए। 

‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ। तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाईं नेतृत्व लिनको लागि हतार भयो भन्दैमा यस्तो हुँदैन,’ उनले भने। 

मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न समेत  थापालाई आग्रह गरे। उनले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए। 

‘जनतालाई अधिकार दिलाउनको लागि कांग्रेस पार्टी सबैभन्दा अग्र भूमिकामा बसेको र पार्टीका नेताहरूले जनताको अधिकार सुरक्षित गर्नको लागि पार्टी र यसका नेताहरूले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ सिंहले प्रश्न गरे, ‘अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, नेपाली कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने?’

सभापति थापालगायतले फर्जी हस्ताक्षरबाट पार्टी कब्जा गरेको सिंहले आरोप लगाए। ‘अदालतले ग¥यो होला, निर्वाचन आयोगले ग¥यो होला। तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन। पार्टी सदस्यहरूको फर्जी हस्ताक्षरबाट पार्टीलाई कब्जा गर्न खोजिन्छ भने यहाँ कुन पार्टी राम्रोसँग सञ्चालन हुनसक्छ,’ उनले भने। 

नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकतावद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad