राजनीति


मेरो माग पूरा भयो, रिसको झोंकमा नेताहरूलाई दिएको श्राप फिर्ता लिन्छु: महावीर पुन

मेरो माग पूरा भयो, रिसको झोंकमा नेताहरूलाई दिएको श्राप फिर्ता लिन्छु: महावीर पुन

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १०:२०, काठमाडौँ

प्रतिनिधिसभाका स्वतन्त्र सांसद तथा पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो मागअनुसार सरकारले  ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेकोप्रति प्रसन्नता व्यक्त गरेका छन्।

पुनले आज सामाजिक सञ्जालमार्फत् आफ्नो माग अनुसार छुट्टै मन्त्रालय गठन गरेकोमा सकारलाई धन्यवादसमेत दिएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको थियो।  

त्यसक्रममा शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर नवप्रवर्तनसम्बन्धी कार्यसमेत हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेको थियो। 

‘मैले लामो समयदेखि गरेको माग पूरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु।’ 

पुनले यही वैशाख ८ गते प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रबर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए। 

आफ्नो माग पूरा गरेकोमा उनले नेपाल सरकारलाई धेरै धेरै धन्यवादका साथै दिर्घायुको कामना पनि गरेका छन्। 

‘साथै मैले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता गर्दछु,’ पुनले भनेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad