राजनीति


सरकारले सुकुम्बासीलाई सत्रुजस्तै व्यवहार गर्‍यो: पद्‍मा अर्याल

सरकारले सुकुम्बासीलाई सत्रुजस्तै व्यवहार गर्‍यो: पद्‍मा अर्याल

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १२:४२, काठमाडौँ

नेकपा एमालेकी सांसद पद्मा अर्याल नेपाली जनताको विश्वास र परिवर्तको चाहनालाई यो सरकारले वेवास्ता गरेको आरोप लगाएकी छन्। 

प्रतिनिधिसभामा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति कार्यक्रममाले जनतामा आशा, उत्साह र भरोसा जगाउन नसकेको बताइन्। 

‘नीति तथा कार्यक्रममा नारा मात्रै छन्। कार्यान्वयनको आधार छैन,’ उनले भनिन्, ‘जनताको जीवन बदल्ने संकल्प यसमा छैन। नीति के हो र कार्यक्रम यसमा छुट्याइएको छैन।’

उनले नीति तथा कार्यक्रम सबैको दस्ताबेज हुनुपर्ने तर, त्यो हुन नसकेको बताइन्। 

उनले विगतमा एमाले नेतृत्वको सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली भन्ने शब्द नीति कार्यक्रमबाट झिकिएको गुनासो गरिन्।

‘विगतका राम्रा अभ्यासलाई छाडियो। हिजोको सरकारले गरेका राम्रा कार्यक्रममलाई लुकेर होइन खुलेर लिने आँट गरेको राम्रो हुन्थ्यो। त्यसो हुँदा सबैको अपनत्व झल्किन्थ्यो,’ उनले भनिन्। 

जनताको बलिदानबाट स्थापित व्यवस्थाको सुदृढिकरण सरकारको प्राथमिकतामा नपरको पनि उनले बताइन्। ‘संविधानको मौलिक हक र समाजवादी अर्थतन्त्रमा आधारित छैन यो नीति कार्यक्रम’ उनले भनिन्। 

उनले सात प्रतिशत आर्थिक वृद्धि गर्ने घोषणा कुन स्रोतबाट हुने हो नीति कार्यक्रम प्रष्ट नभएको उनले बताइन्। ‘आर्थिक रुपान्तरणको प्रश्न गफको होइन कार्यक्रमको विषय हुनुपर्छ,’ उनले भनिन्। 

कृषिमा विगतका सरकारले मल, विउ विजनमा अनुदान दिएको स्मरण गराउँदै उनले यो सरकारले त्यसलाई वेवास्ता गरेको दाबी गरिन्।

सुकुम्बासीलाई राज्यले सत्रुजस्तै व्यवहार गरेको भन्दै उनले डोजर आतंकले महिला, बालबालिका र वृद्धवृद्धा पीडामा रहेको बताइन्। ‘सुकुम्बासीले खुला आकाशमुनी बस्नुपर्ने अवस्था आयो। पहिले लखेटेर पछि व्यवस्थापन गर्छु भन्नु नै गलत हो,’ उनले भनिन्, ‘भूमिहिनलाई जग्गा दिनुपर्छ, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नतिर सरकार लागेको छैन।’

विगतको सरकारले कार्यान्व्यमा ल्याएको सुरक्षित जनता आवास कार्यक्रमलाई अहिले अलपत्र पारिएको आरोप लगाइन्। ‘यो नीति कार्यक्रममाले गरिबको हितलाई छोएको छैन,। यो सुकिलामुकिलाको मात्रै जस्तो देखिन्छ,’ उनले भनिन्। 

आफूले नीति कार्यक्रममा संशोधका लागि ३५ बुँदामा सुझाव दिएको जानकारी पनि उनले दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad