राजनीति


देशभरका अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

देशभरका अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १६:५८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। 

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको छ। अस्पतालको स्वामित्वमा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि देहाय बमोजिमका कार्यहरू तत्काल गर्न तीन बुँदे निर्देशन दिइएको छ। 

पहिलो, जग्गाको साँध सीमाना एकीन गर्न भनेको छ। त्यसमा भएका अनाधिकृत संरचनाबारे विस्तृत विवरण पठाउने भनेको छ। 

दोस्रो, अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ। त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई समयसीमा तोकेर हटाउन लगाउन भनिएको छ। 

तेस्रो, अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad