राजनीति


विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार २०:१०, काठमाडौँ

विपक्षी दलले विरोध यथावत राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। सांसदहरूले राखेको संशोधन प्रस्तावमाथि दिनभर छलफल चलेको थियो। 

बिहीबार राति ८ बजे सांसदले बोल्ने क्रम सकिएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदले सोधेका प्रश्नको उत्तर दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई समय दिएका थिए। सभामुखले अर्थमन्त्रीलाई समय दिएसँगै विपक्षी दलले उभिएर विरोध जनाएका हुन्। 

उनीहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनुपर्ने माग गरेका छन्। विपक्षी दलले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad