सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल-जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरेका थिए। उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखे।
राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्त्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया