राजनीति


जेनजी अगुवाको बहिष्कार पछि शाहको प्रष्टीकरण - सहमति कार्यान्वयनकै चरणमा छ

जेनजी अगुवाको बहिष्कार पछि शाहको प्रष्टीकरण - सहमति कार्यान्वयनकै चरणमा छ

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १५:५०, काठमाडौँ

जेनजी अगुावले छलफल गर्न अस्वीकार गरेपछि संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले प्रष्टीकरण दिएका छन्। उनले जेनजीसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको बताएका छन्। 

शुक्रबार कार्यदलले जेन्जी प्रतिनिधिसँग गर्न लागेको छलफल गर्न लागेको थियो। तर, जेनजी अगुवाले यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने माग गरी छलफल बहिष्कार गरेका थिए। 

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूलाई संवादका लागि पुनः आह्वान गरेको छ। शुक्रबार अपराह्न ५ बजेका लागि तय गरिएको छलफल रक्षा बमसहितका जेन्जी प्रतिनिधिहरूले बहिष्कार गरेपछि कार्यदलका संयोजक शाहले छलफलमा सहभागी भइदिन फेरि अनुरोध गरेका हुन्।    

बमसहितका जेनजी प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूसँग सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका थिए।

संयोजक शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको बताएका छन्। कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको उनको भनाइ छ।

उनले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनुनै कार्यदलको मुख्य ध्येय भएकाले सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए। 

गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको कार्यदलले यसअघि विभिन्न राजनीतिक दल, कानुन व्यवसायी, सञ्चारकर्मी लगायतसँग संविधान संशोधनका विषयमा छलफल गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad