नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी जेठ ३ गते बिहान साढे ११ बजे बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकमा कांग्रेस सभापति गगन थापा पनि उपस्थित हुने जनाइएको छ।
कांग्रेसले शुक्रबार सूचना प्रकाशित गरी बैठकमा उपस्थित हुनका लागि प्रतिष्ठानका पदाधिकारी र सदस्यलाई अनुरोध गरेको छ।
51
Shares

प्रतिक्रिया