नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।
शुक्रबार कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम सभापति थापाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनित गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनी यसअघि पनि कांग्रेसको कोषाध्यक्ष थिए। १४औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका थिए।
243
Shares

प्रतिक्रिया