कारोबार


भारतीय विद्युतीय स्कुटर ब्रान्ड एम्पियर पोखरामा, नेक्सस ईएक्स सार्वजनिक

भारतीय विद्युतीय स्कुटर ब्रान्ड एम्पियर पोखरामा, नेक्सस ईएक्स सार्वजनिक

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १८:४४, काठमाडौँ

भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ। 

भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी द्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरुलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसन प्रा. लि. ले बिक्री-वितरण गर्दै आएको छ।

नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री-वितरण सुरु गरिएको छ। पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. ले एम्पियर स्कुटरको आधिकारि डिलरका रूपमा शोरुम सञ्चालनमा ल्याई वैशाख ३१ गतेदेखि एम्पियर नेक्सस ईएक्स स्कुटरको बिक्री-वितरण सुरु गरेको छ ।

डीएनबी ट्रेड प्रा. लि. ले एम्पीयरको नेक्सस ईएक्स मोडल सहित पोखरा बजारमा प्रवेश गरेको हो। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन उत्पादन गर्दै आएको छ। ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो।

एम्पीयरका स्कुटरहरु उच्च प्रदर्शन आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरुका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

एम्पीयर स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ । साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।

एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

यस्तो छ एम्पीयर नेक्सस ईएक्स
एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । 

कम्पनीका अनुसार एक पटक पूर्ण चार्ज गर्दा यस स्कुटरलाई १३६ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्ज गर्न
सकिन्छ ।

मिड- माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय हवील, डिस्क ब्रेक, अल-एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरु समावेश छन् ।

एम्पीयर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार अर्थात् तीन लाख पैंतीस हजार रुपैयाँ मात्र तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad