अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा नआएकापछि नेकपा (एमाले)का सांसद राजेन्द्र राई रोस्टममा उभिएर विरोध जनाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ। छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए।
रोस्टममा पुगेपछि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाए। ‘प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, हामीले बोलेको अर्थ छैन,’ सांसद राईले भने, ‘अर्थमन्त्री नआउँदासम्म चुपचाप बस्छु।’
उनी रोस्टममा केही नबोली उभिइरहेछ। त्यसपछि सभामुख अर्यालले अर्थमन्त्री आउँदै गरेकाले बोल्न आग्रह गरे। तर, उनले अर्थमन्त्री नआउँदासम्म नबोल्ने भन्दै चुपचाप उभिइरहे।
त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
Shares

प्रतिक्रिया