राजनीति


कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

नेपालखबर
जेठ ६, २०८३ बुधबार १८:५९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेका छन्। 

आउँदो स्थानीय र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको थियो। बुधबार ब्युरोमा सदस्य मनोनीत गरिएको हो। 

निर्वाचित ब्युरोमा मनोनीत भएका सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बास्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही) र हरि पोखरेल (झापा) रहेका छन्। 

त्यस्तै, सुदर्शन आचार्य (सिन्धुपाल्चोक), रोहित पौडेल (काठमाडौँ), डा. भुमीराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेज बिनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ)लाई पनि सदस्यमा मनोनीत गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad