चीनको तिब्बत स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष झाओ पेङको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल ल्हासाबाट काठमाडौं आइपुगेको छ।
सोमबार काठमाडौँ आएको प्रतिनिधिमण्डलमा बाओ टिङ, ता चेन, का ली, वु काङ र साइरेन याङजी लगायत रहेका छन्।
नेपालमा चुनावपछि बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार बनेपछि तिब्बतबाट आएको यो पहिलो प्रतिनिधिमण्डल हो।
तिब्बतको टोलीले काठमाडौँमा रहँदा खासगरी दुई पक्षीय व्यापार वाणिज्यका विषयमा छलफल गर्ने बुझिएको छ।
150
Shares

प्रतिक्रिया