राजनीति


‘रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध भएकाले अनुसन्धान गरेर कारबाही गर्नू’

‘रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध भएकाले अनुसन्धान गरेर कारबाही गर्नू’

नेपालखबर
जेठ १३, २०८३ बुधबार १६:४४, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आज (बुधबार) जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले लामिछाने अनाधिकृतरूपमा कारागारबाट निस्किएको र सो कार्य कानुनविपरीत भएको जनाएको हो।

आमनेपाली नागरिकहरुको मानव अधिकार उल्लंघन हुने कार्यमा लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ। यसलाई आयोगले मानव अधिकार उल्लंघन मात्र नभई फौजदारी अपराधसमेत भएको जनाएको छ।

‘रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका तत्कालीन सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न’ सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad