सरकारले संविधान संशोधन गर्नको लागि संसदमा प्रस्ताव पेश गर्ने भएको छ । शुक्रबार विहान बसेको मन्त्रीपरिषदको बैठकले अनुसूचि ३ रहेकाे निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले बिहीबार नयाँ भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि सोहि अनुसार संविधान संशोधन गर्न लागिएको होे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय भएको अर्थमन्त्री तथा सूचना तथा सञ्चार प्रबिधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
‘अनुसूची ३ मा नेपालको निशान छाप छ, त्यसमा रहेको नेपालको नक्शालाई नेपालको वास्तविक स्वरुपअनुरुप बनाउन आवश्यक भएकोले संविधान संशोधन गर्न लागिएको हो,’ सरकारको प्रवक्ता समेत रहेका खतिवडाले बताए।
भिडियाे:

प्रतिक्रिया