स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार(आज) पुष्टि गरेका एक नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का कोरोना संक्रमित जेठ १ गते भारतको गुजरातबाट आएको खुलेको छ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुषसहित अन्य ३० जनामा संक्रमण भएको पुष्टि गरेको थियो।
स्वास्थ्य कार्यालय नवलपरासीले विज्ञप्तिमार्फत ती व्यक्तिको ट्राभल हिस्ट्री खुलाएको हो। कार्यालयका अनुसार जेठ १ गते गुजरातबाट आएका ती व्यक्ति सुरुमा बोधी नगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेका थिए।
३ गते उनलाई एम्बुलेन्समा राखेर बिनय त्रिवेणी गाउँपालिका ६ को क्वारेन्टिनमा राखिएको कार्यालयले जनाएको छ। उक्त क्वारेन्टिनमा राखेका बेला ६ गते राति ज्वरो आएपछि ७ गते उनलाई चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो।
आइसोलेसनमा उनको स्वाव संकलनपछि शुक्रबार उनमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भए लगत्तै बिहान ४ बजे नै एम्बुलेन्समा राखेर भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको कार्यालयले जनाएको छ।
उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरि स्वाव परिक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Shares

प्रतिक्रिया