राजनीति


नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री रोजर्स ‘एसेन्ट समिट’मा सहभागी

नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री रोजर्स ‘एसेन्ट समिट’मा सहभागी

नेपालखबर
जेठ १७, २०८३ आइतबार १३:४०, काठमाडौँ

सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले जेठ १७ गते काठमाडौँमा आयोजित एसेन्ट समिट २०२६ कार्यक्रममा मुख्य मन्तव्य प्रस्तुत गरेकी छन्।

अमेरिकी तथा नेपाली व्यवसायहरूलाई लाभ पुर्‍याउने नवप्रवर्तन र आर्थिक साझेदारीहरूको विस्तारका अवसरहरूलाई बढवा दिँदै उहाँ प्रतिनिधि सभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात पर्वतारोही कनर्‍याड एङ्कर, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, आरोही, उद्धार पेसाकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार र नेपाल तथा विश्वभरका पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूसँग सामेल भएकी हुन्। 

उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबिच रहेको बलियो एवं चिरकालिक साझेदारीमाथि प्रकाश पारिन्। 

उनले साहसिक कार्य, उद्यमशीलता, नवप्रवर्तन र जनता-जनताबिचका सम्बन्धहरूले कसरी द्विपक्षीय सहयोगको विस्तार गर्नुका साथै नेपालमा अमेरिकी कम्पनीहरू र आर्थिक वृद्धिका लागि अवसर सिर्जना गर्दै छन् भन्नेबारे जोड दिइन्। 

उनले हिमालयमा पर्यटन र अझ सुरक्षित पर्वतारोहण अभियानलाई सहयोग पुर्‍याउनमा नेतृत्व, नवीन प्रविधि, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमाथि पनि जोड दिइन्। 

नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्ससँगको साझेदारीमा आयोजित एसेन्ट समिट २०२६ ले सगरमाथा र पर्वतीय अन्वेषणको भविष्यसँग जोडिएका १४०० भन्दा बढी सहभागीहरूलाई एकै ठाउँमा ल्याएको छ।

पर्वतारोही, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, पर्वतारोहण सामग्री व्यवसायी, सामुदायिक अगुवा, कलाकार र पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूले नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहण अभियानहरूलाई अझ सुरक्षित बनाउन र नेपालको साहसिक पर्यटन क्षेत्रको सुदृढीकरण गर्न सक्छन् भन्ने विषयमा विमर्श गरेका छन्।

नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले वरिष्ठ सरकारी अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी सरकारका आदानप्रदान तथा शैक्षिक कार्यक्रमका पूर्वसहभागीहरूसँग पनि भेट गर्नेछिन्। 

उपविदेशमन्त्री रोजर्सको नेपाल भ्रमणले अमेरिका र नेपालबिच लामो समयदेखि रहेको साझेदारीलाई विस्तारित आर्थिक सहकार्य, नवप्रवर्तन र जनता-जनताबिचका सम्बन्धहरूमार्फत अझ सुदृढ बनाउनप्रति अमेरिकी प्रतिबद्धताको पुनर्पुष्टि गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad