राजनीति


‘नो भोट’ को व्यवस्थासहित मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

‘नो भोट’ को व्यवस्थासहित मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

नेपालखबर
जेठ १७, २०८३ आइतबार १६:३५, काठमाडौँ

मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ । 

सभाको आइतबारको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो।

विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताइन्।

उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमले बताइन्। साथै उक्त विधेयकमा दिन्नँ ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad