राष्ट्रिय जेन–जी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अभियानले जेनजी आन्दोलनको दोषीहरूबारे आयोगले तथ्य बाहिर ल्याएको उल्लेख गर्दै उनीहरूमाथि तत्काल अनुसन्धानको प्रक्रिया अघि बढाई कारबाही गर्न माग गरेको हो।
आयोगको प्रतिवेदनले जेनजी आन्दोलनबारे तथ्यहरू बाहिर ल्याएकाले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको अभियानका सचिव प्रकाश बमले बताए। उनले आयोगको प्रतिवेदनलाई सरकारले गम्भिरतापूर्वक ग्रहण गर्ने र सोही अनुसार अघि बढनुपर्ने पनि बताए।
सचिव बमले भने,‘राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेका कुराहरूलाई, व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनु यो सरकारको प्रमुख दायित्व हो। राष्ट्रिय मानव अधिकार आयोगले जुन तथ्यहरु सार्वजनिक गरेको छ, ती तथ्यहरु सार्वजनिक गर्नु मात्रै ठूलो कुरा होइन। त्यसको कार्यान्वयन र त्यसले मार्गदर्शन गरेको कुरालाई सरकारले कार्यान्वयन गर्नुपर्दछ।’
अभियानले जेन–जी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि जनाएको छ।

प्रतिक्रिया