भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा भव्य स्वागत भएको छ।
लामिछानेलाई भाजपा केन्द्रीय कार्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूले भव्य स्वागत गरेका हुन्। लामिछानेको स्वागतमा भाजपा कार्यालयमा रातो कार्पेट बिच्याएर बाजागाजासहित स्वागत गरिएको थियो।
त्यसक्रममा भाजपा अध्यक्ष नितिन नवीन र सभापति लामिछानेबिच विभिन्न उपहार आदानप्रदान भएको छ। लामिछानेले अध्यक्ष नितिन नवीनलाई रुद्राक्षको माला लगाइदिएका छन्।
सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार भाजपाका नेताहरूसँगको भेटवार्तामा दुई दलबिच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुने छ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
हेर्नुहोस् थप तस्बिर




















Shares

प्रतिक्रिया