राजनीति


रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट

नेपालखबर
जेठ १९, २०८३ मंगलबार २०:२४, काठमाडौँ

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ।

भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिए। साथै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे।

भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीलगायतका  विभिन्न उपहार दिएका थिए।

यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष  नितिन नवीन र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेट गरेका थिए। 

सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ। 

भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad