राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।
पाँचदिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी दिएका हुन्।
‘हो, मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु,’ उनले भने, ‘दुवै जना नेपाल आउने कुरामा अत्यन्त सकारात्मक हुनुहुन्छ। समय मिलेपछि यो भ्रमण अवश्य हुनेछ।’
उनी भाजपाको निमन्त्रणामा भारतको भ्रमणमा गएका थिए, जहाँ उनलाई भव्य स्वागत गरिएको थियो। रविले प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा वार्ता गरेका थिए।
72
Shares

प्रतिक्रिया