समाज


मकवानपुरमा सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

मकवानपुरमा सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

नेपालखबर
साउन ८, २०८३ शुक्रबार २१:५, मकवानपुर

जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन ९ र १० गते सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ ।

पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न, तयार भई आएको राष्ट्रिय परिचयपत्र कार्ड लिन एवं राष्ट्रिय परिचयपत्रको विवरण संशोधन गर्न आउने सेवाग्राहीहरूको चाप बढ्दै गएकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

यी दुवै दिन बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म कार्यालयको राष्ट्रिय परिचयपत्र शाखा खुला रही सोसम्बन्धी सेवाहरू प्रवाह हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad