राजनीति


स्वास्थ्य मन्त्रालयमा सरुवाको लहर, सचिवपछि महानिर्देशक र निर्देशक फेरिए

स्वास्थ्य मन्त्रालयमा सरुवाको लहर, सचिवपछि महानिर्देशक र निर्देशक फेरिए

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १०:२५,

सरुवा राेग कोरोना संक्रमणकाे संकट गहिरिँदै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकपछि अर्का उच्च अधिकारीको सरुवा गर्न थालेको छ।

मन्त्रालयले बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई सरुवा गरेको हो।

श्रेष्ठलाई मन्त्रालयमै तानिएको छ। उनको स्थानमा दीपेन्द्र नारायण सिंह र व्यवस्थापन महाशाखामा डा.रमेश खरेललाई नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि स्वास्थ्य सचिव यादव कोइरालाई सरुवा गरेर प्रधानमन्त्री कार्यालय पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad