राजनीति


प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित, भोलि झण्डै ३२ अर्बको बजेट आउँदै

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित, भोलि झण्डै ३२ अर्बको बजेट आउँदै

शैलेन्द्र महतो
जेठ ३२, २०७७ आइतबार १४:३०,

लामो रस्साकस्सी पश्चात प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। 

गएको जेठ २५ गते प्रदेशसभा बैठकमा प्रदेश २ प्रमुख तिलक परियारले अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री लालबाबु राउतले आव २०७७।०७८ को नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपाका सांसदहरुले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए। कांग्रेस तथा नेकपाका सांसदहरु सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेका हुन्। ति सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन्।

नीति तथा कार्यक्रम गत बुधवार नै पारित हुने कार्यसूचीमा रहेको थियो। प्रदेश २ सभाको अर्को बैठक सोमबार साँझ ५ बजेसम्मको लागि स्थगित भएको हो। सोमबार बस्ने प्रदेशसभामा प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

यता प्रदेश २ सरकारले गत चालु आर्थिक वर्ष २०७७।०७८ को लागि झण्डै ३२ अर्बको बजेट ल्याउन लागेको छ। पूँजिगत तर्फ ५५ प्रतिशत र चालु तर्फ ४५ प्रतिशत गरी झण्डै ३२ अर्बको बजेट ल्याउन लागेको प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले बताए। जुन बजेट चालु आब २०७६।०७७ को तुल्नामा ६ अर्ब अर्थात झण्डै १५ प्रतिशतले कम छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा कोरोना महामारी रोकथाम लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा रराखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad