लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा यसैहप्ताको सोमबार राति झडप भएको थियो।
उक्त झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए। चिनियाँ पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन।
घटना भएको चार दिनपछि शुक्रबार अमेरिकाले यस विषयमा प्रक्रिया जनाएको हो।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका छन्,‘हामी चीनसँगको संघर्षका क्रममा भारतीय सेना मारिएकोमा दुखी छौं र समवेदना प्रकट गर्न चाहन्छौं। शोकको समयमा सैनिकको परिवार, प्रियजन र समुदायको सम्भmना गर्नेछौं।’
पुरानो अनुभवलाई हेर्ने हो भने चीन र भारतबीचको तनाव बढ्ना साथ अमेरिकाले तत्काल प्रतिक्रिया जनाउथ्यो। ५ मेबाट चीन र भारतबीच तनाव सुरु भएको थियो।
त्यस समयमा तत्काल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीच मध्यस्थता गर्त अमेरिका तयार भएको बताएका थिए।
तर यसपटक भने अमेरिकाले सैनिकबीच भएको झडपको विषयमा ढिलो प्रतिक्रिया जनायो। यस क्षेत्रमा चीनको प्रभाव बढ्दै गएको विश्लेषण हुन थालेको छ। एजेन्सी
Shares

प्रतिक्रिया