उत्तरका सर्वोच्च नेता किम जोङ उनले दक्षिणमाथि गर्ने भनिएको सैन्य कारवाही स्थगित गर्न निर्देशन दिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ।
दक्षिण कोरियाली भूमिबाट उत्तर कोरियाको विरुद्धमा लेखिएका लाखौं पर्चा र बेलुनहरु उडाइएपछि त्यस्ता गतिविधि रोक्न उत्तरले चेतावनी दिएको थियो।
उत्तरविरुद्धको त्यस्ता गतिविधि नरोकिए आफूले सैन्य कारवाही गर्ने उत्तर कोरियाले जनाएको थियो।
किमकी बहिनी किम यो जोङले तटस्थ भूमि ‘डिमिलिटराइज्ड जोन’ मा सेना नै पठाउने चेतावनी दिएकी थिइन्।
सिमानामा उत्तर कोरियाली गतिविधि बढेको भन्दै उत्तर कोरियाले दक्षिणसँग दैनिक सम्पर्क गर्न बनाएको सम्पर्क कार्यालय पनि भत्काएको थियो।

3
Shares

प्रतिक्रिया