गुगलका पूर्वकर्मचारी कोलिन हुआङ चीनकै दोस्रा धनी बन्नपुगेका छन्। कोलिनको इ–कमर्स व्यवसाय फस्टाएपछि उनले चर्चित अर्बपति ज्याक मालाई समेत पछि पारेका हुन्।
प्रसिद्ध म्यागजिन फोर्ब्सका अनुसार उनीसँग ४५ अर्ब ४० करोड डलरबराबरको सम्पत्ति छ। यो सम्पत्ति माको भन्दा धेरै हो भने टेन्सेन्टका पोनी माको भन्दा कम हो।
कोलिननले माइक्रोसफ्टमा पनि इन्टर्न गरेका थिए। त्यसपछि उनले गुगलमा तीन वर्ष बिताए।
‘यो तीन वर्ष मेरा लागि निकै मूल्यवान् साबित भयो’, उनले सन् २०१६ मा एउटा ब्लगमा भनेका थिए, ‘गुगलमा मैले योगदान गरेभन्दा धेरै मिल्यो।’
फोर्ब्सका अनुसार उनको पिनडुओडुओको मूल्यले उनलाई दोस्रो धनीमा पुर्याएको हो।
के हो पिनडुओडुओ?
यो एउटा शपिङ गेम हो। कोलिनले सन् २०१५ मा यसको स्थापना गरेका थिए। लगत्तै यो चीनमा महामारीका बीच निकै चर्चित हुनपुग्यो। ५ करोड मागबाट प्रतिदिन ६ करोड ५० लाख माग आउनथाल्यो।

यसका नयाँ फिचरहरु टिम बाइङ, जुन किन्न क्रेताहरु कम मूल्यमा धेरैका लागि सँगै आउँथे। ग्राहकले यो साइटमा गेम खेल्न सक्छन् भने निःशुल्क गिफ्ट समेत पाउँछन्।बीबीसीबाट

प्रतिक्रिया