राजनीति


प्रधानमन्त्रीका गलत क्रियाकलापलाई साथ नदिन राष्ट्रपतिलाई नेकपाका तीन नेताको आग्रह

प्रधानमन्त्रीका गलत क्रियाकलापलाई साथ नदिन राष्ट्रपतिलाई नेकपाका तीन नेताको आग्रह

नेपालखबर
असार २१, २०७७ आइतबार ७:१९,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलाप साथ नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटन अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवास पुगेका थिए।

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको अनौपचारिक छलफलमा आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएपछि त्यसबारे प्रस्ट पार्न तीन नेताहरु शीतलनिवास पुगेका हुन्।

उनीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुनै तयारी नरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका हुन्।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै षडयन्त्र भएको छैन’, राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले नेपालखबरलाई भने, ‘सम्मानित संस्थालाई मुछ्ने कुरा अफवाह हो, पार्टीभित्रको आन्तरिक समस्या पार्टीभित्रै छलफल गरेर मिलाउँछौं।’

उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने कुरा बालुवाटारबाट चलाइएको अतिरञ्जित हल्लमात्रै भएको बताए। बालुवाटारबात अनुमानमा आधारित सूचना बाहिर ल्याएर राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको तीन नेताले राष्ट्रपतिलाई बताएको ती नेताले जानकारी दिए। उनीहरुले सम्मानित संस्थाविरुद्ध कुनै कदम नचाल्ने समते प्रस्ट पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad