समाज


भारतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए, एकैदिन झन्डै २५ हजार संक्रमित बने

भारतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिए, एकैदिन झन्डै २५ हजार संक्रमित बने

नेपालखबर
असार २१, २०७७ आइतबार ७:१८,

गएको २४ घण्टामा भारतमा २४ हजार ८५० संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा ६१३ को मृत्यु भएको जनाइएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार १६५ पुगेको छ। संक्रमितमध्ये १९ हजार ६२८ को मृत्यु हुँदा ४ लाख ९ हजार उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय भारतमा हरेक दिन हजारौंको संख्यामा कोरोना संक्रमित बढ्दै गएका छन्। भारत यतिबेला विश्वमा कोरोनाबाट सबैभन्दा बढी संक्रमित राष्ट्रको चौथो स्थानमा छ।

अमेरिका, ब्राजिल र रुसपछि भारतमा धेरै कोरोना संक्रमित छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad