विश्व महामारी कोरोनाभाइरस संक्रमणको त्रासले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षणका लागि राजधानी बाहिरबाट काठमाडौं आएकाहरुको भीड लाग्नथालेको छ। चर्को घाम वा वर्षातका बाबजुद दिनहुँजसो भीड लागिरहेको छ।
खासगरी लकडाउनमा उपत्यका बाहिर गएर लकडाउन खुकुलो भएसँगै संघीय राजधानी भित्रिएकाहरु परीक्षणका लागि जाने गरेका छन्। परीक्षणका लागि लाइनमा बसेका बाराका एक जनाले आइतबार नेपालखबरसँग भने, ‘परीक्षण गराउनैपर्ने भएर आएको हुँ, कोठामा बस्न नै समस्या पर्नथालिसक्यो।’ त्यस्तै सर्लाहीबाट आएका अर्का एक जनाले पनि परीक्षणविना अफिस नै जान नपाएकोले पीसीआर परीक्षण गर्न आएको बताए।
परीक्षणका लागि आउनेहरुमा अधिकांश युवाहरु छन् भने महिला र बालबालिकाहरु पनि लामबद्ध देखिन्छन्। सरकारले निजी अस्पताललाई पीसीआर परीक्षणको अधिकार नदिएकाले पनि टेकुमा परीक्षण गर्नेको भीड बढेको हो। हेर्नुहोस् तस्बिरहरु-
Shares

प्रतिक्रिया