राजनीति


प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

नेपालखबर
साउन १३, २०७७ मंगलबार ८:७,

सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता बालुवाटार पुगेका थिए।

अध्यक्षद्वय ओली र प्रचण्डबीच केहिबेरको छलफलपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बालुवाटारमा रहेका एक नेताले जानकारी दिए।

बैठकमा प्रचण्ड–नेपाल पक्षका ३० जना नेता उपस्थित छन्।

वामदेव गौतम समेत बैठकमा सहभागी हुनेगरी बालुवाटार पुगिसकेको एक नेताले बताए।

गृहमन्त्री रामबहादुर थापा पनि बैठकमा सहभागी हुन गइरहेको सन्देश पठाएका छन्। पुर्वमाओवादी केन्द्रका लेखराज भट्ट भने बैठकमा अहिलेसम्म पुगेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad