संसद सचिवालयका एक वरिष्ठ अधिकारीलाई कोरोना संक्रमण भएको छ।बुधबार गरिएको कोरोना परीक्षणमा ती अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जनाएको छ। उनलाई कोरोना कहाँबाट सरेको हो भन्ने यकिन भने नभएको सचिवालय स्रोतले जनाएको छ। प्रकाशित: साउन २२, २०७७ बिहिबार ९:१८
प्रतिक्रिया