राजनीति


राष्ट्रिय सम्मेलनको तयारीमा कानुन व्यवसायी

राष्ट्रिय सम्मेलनको तयारीमा कानुन व्यवसायी

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ११:२३,

कानुन व्यवसायीहरुको संगठन ‘अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला)’ ले यही साउन १० र ११ गते काठमाडौंमा पहिलो राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिएको हो। सम्मेलनको मूल नारा ‘विधिको शासन, राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा हाम्रो अभियान, स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त न्यायपालिका र पेशागत मर्यादाको पक्षमा प्रथम राष्ट्रिय सम्मेलन’ तय गरिएको संघका अध्यक्ष अधिवक्ता पदम रोकाले जानकारी दिए।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन्।

कार्यक्रममा अध्यक्ष रोकाले देशमा विधिको शासन हराउँदै गएको र स्वतन्त्र न्यायपालिकामाथि चौतर्फी हमला भएकोमा चिन्ता व्यक्त गरे। उनले संविधानले प्रदत गरेको प्रेस स्वतन्त्रता, मौलिक हक, स्वतन्त्र र सक्षम न्यायपालिकाको पक्षमा नेपाल बार एसोशियसनको भूमिका कमजोर बन्दै गएको भन्दै एसोशिएसनलाई थप प्रभावकारी बनाउन आफ्नो संगठनले प्रयत्न गरिरहेको स्पष्ट पारे।

अध्यक्ष रोकाले सत्ता र प्रतिपक्ष निकटका कानुन व्यवसायीका संगठनहरु न्यायपालिका भित्रका बिकृति तथा भ्रष्टाचार अन्त्यको प्रयत्न भन्दा पनि न्यायाधीश बन्न तथा सत्ता र शक्तिको नजिक हुन हानथाप गरिरहेको आरोप पनि लगाए।

कार्यक्रममा राजमोका महासचिव जनकराज शर्मा, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले धारणा राखेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad