नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा काठमाडाैँ उपत्यका ब्युरो इन्चार्ज माइला लामा काँडाघारीबाट पक्राउ परेका छन्।
लामासँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङसमेत पक्राउ परेका प्रहरीले जनाएको छ।
मध्यराति काठमाडौंको काडाँघारीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
लामा काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्ला समेटिएको उपत्यका ब्युरो इन्चार्ज हुन्।
लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन्।
लामामाथि ललितपुरको नख्खु तथा काठमाडौँका विभिन्न ठाउँमा बम विष्फोट लगायतका घटनामा संलग्न भएको अभियोग छ।

प्रतिक्रिया